बिहीबार, श्रावण २१,२०८३ 12:18:23
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 12:18:23
Bizshala
Global IME Bank Limited

केबुलकार निर्माणको विरोधी समुहलाई वार्तामा आउन सरकारको आग्रह

केबुलकार निर्माणको विरोधी समुहलाई वार्तामा आउन सरकारको आग्रह
New Office

काठमाण्डौ । सरकारले ताप्लेजुङको पाथीभारामा केबुलकार निर्माणको विरोधमा रहेको समुहलाई वार्ताका लागि बोलाएको छ । गृहमन्त्रालयका सह–सचिव प्रेमप्रसाद भट्टराईले सोमबार एक सूचना जारी गरी आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेका हुन् ।  

‘आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताबाटै उक्त केबुलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने एंव वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादका लागि आउन अनुरोध गर्दछु ।’ बार्ता टोली संयोजक एवम् मन्त्रालयका सह सचिव भट्टराईद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै विज्ञपतीमा पाथिभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानका लागि सम्बन्धित सरोकारवाला आयोजना निर्माण पक्षसँग समेत समन्वय गरी आन्दोलनरत पक्षसँग वार्ता गर्न गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत वार्ता सहजीकरण समितिबीच गत माघ २२ गते देखी निरन्तर रुपमा वार्ता एवं संवाद भई रहेको जनाइएको छ ।  

यसअघि माघ २२ गते बसेको २ पक्षीय वार्ताले केबुलकार निर्माण कार्य तत्काललाई स्थगित गर्दै ६ बुँदे सहमति भएको थियो ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.