आईपीओ निष्कासन गर्ने योजनामा फेदीखोला हाईड्रो पावर
काठमाण्डौ । फेदीखोला हाईड्रो पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको योजना बनाएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । माघ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी फागुन १० गते काठमाण्डौको बुद्धनगरमा रहेको डिडिआई ब्याङक्वेटमा बिहान साढे १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।