लाभांश क्षमता १०% नाघ्यो, फर्स्ट माइक्रोफाइनान्सको नाफामा ७४% को छलाङ
काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले व्यवसायको आकार केही खुम्चिए पनि नाफा, वितरणयोग्य मुनाफा, प्रतिसेयर आम्दानी र सम्पत्तिमाथिको प्रतिफलमा आकर्षक सुधार गरेको छ।संस्थाले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा १९ करोड ७ लाख २८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही...

