भारतभन्दा नेपालले एउटै मलमा किन तिरिरहेको छ झण्डै ३६० डलर बढी ? खरिद प्रक्रियामाथि गम्भीर प्रश्न
काठमाण्डौ । नेपालले रासायनिक मल खरिद गर्दा अन्तर्राष्ट्रिय बजार मूल्यभन्दा निकै महँगो मूल्य तिरेको तथ्य सार्वजनिक भएपछि सरकारी खरिद प्रक्रिया र आपूर्ति व्यवस्थामाथि गम्भीर प्रश्न उठ्न थालेको छ।एउटै अन्तर्राष्ट्रिय आपूर्तिकर्ताबाट, एउटै स्रोतबाट ल्याइने मलका लागि भारतले प्रतिमेट्रिक टन ५४० अमेरिकी डलर तिर्दा नेपालले भने ९००.७५ अमेरिकी डलर तिर्ने सम्झौता गरेको देखिएको...

