रसुवागढी मितेरी पुलमा दुई दिन मालवाहक सवारी आवतजावत बन्द
काठमाण्डौ । नेपालको उत्तरी नाका रसुवागढीस्थित मितेरी पुलबाट सार्वजनिक मालवाहक सवारीसाधनको आवतजावत दुई दिनका लागि स्थगित गरिएको छ ।गत वर्ष असार २४ गते आएको ल्हेन्देखोला बाढीले पक्की पुल बगाएपछि अस्थायी रूपमा जडान गरिएको बेलीब्रिजको प्राविधिक परीक्षण गर्न आज र भोलि मालवाहक सवारी सञ्चालन रोकिएको हो ।

