आईतवार, मंसिर ६,२०८३ 05:06:58
  • आईतवार, मंसिर ६,२०८३ 05:06:58
Global IME Bank Limited

रसुवागढी मितेरी पुलमा दुई दिन मालवाहक सवारी आवतजावत बन्द

Bizshala
रसुवागढी मितेरी पुलमा दुई दिन मालवाहक सवारी आवतजावत बन्द
New Office

काठमाण्डौ । नेपालको उत्तरी नाका रसुवागढीस्थित मितेरी पुलबाट सार्वजनिक मालवाहक सवारीसाधनको आवतजावत दुई दिनका लागि स्थगित गरिएको छ ।

गत वर्ष असार २४ गते आएको ल्हेन्देखोला बाढीले पक्की पुल बगाएपछि अस्थायी रूपमा जडान गरिएको बेलीब्रिजको प्राविधिक परीक्षण गर्न आज र भोलि मालवाहक सवारी सञ्चालन रोकिएको हो ।

CG Motors
Garima Development Bank
IME remit

आगामी वर्षायाममा बेलीब्रिजबाट सुरक्षित रूपमा सवारी सञ्चालन गर्न मिल्ने वा नमिल्ने भन्ने विषयमा प्राविधिक परीक्षण भइरहेकाले नेपालबाट केरुङ जाने तथा केरुङबाट नेपाल भित्रिने मालवाहक सवारीसाधनलाई मात्र चिनियाँ सुरक्षाकर्मीले रोक लगाएका हुन् ।

स्थानीय बासिन्दा तथा मानसरोवर–कैलाशका तीर्थयात्रीको आवतजावतमा कुनै अवरोध नहुने छ ।

पुलको प्राविधिक परीक्षण सम्पन्न भएपछि मालवाहक सवारीसाधनको सञ्चालन पूर्ववत् रूपमा पुनः सुरु हुनेछ ।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.