रास्वपा कार्यालयमा दृष्टिविहीन सडक व्यवसायीको प्रदर्शन, सभापति रवि लामिछानेलाई भेट्न नपाएपछि तनाव
काठमाण्डौ। आफ्ना माग सुनुवाइ गराउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न पुगेका दृष्टिविहीन सडक व्यवसायीहरूले भेट गर्न नपाएपछि पार्टीको वनस्थलीस्थित केन्द्रीय कार्यालयअघि प्रदर्शन गरेका छन्।आफ्ना समस्या र माग प्रत्यक्ष रूपमा राख्न रास्वपा कार्यालय पुगेका उनीहरू सभापति लामिछानेलाई भेट्न नपाएपछि आक्रोशित बनेका थिए। कार्यालयभित्र...

