सरुवा रोक्ने हाकिमलाई अब आर्थिक झट्का, रमाना नदिए तलब आफ्नै खल्तीबाट तिर्नुपर्ने
काठमाण्डौ । सरकारले सरुवा भइसकेका निजामती कर्मचारीलाई तोकिएको समयभित्र रमाना नदिने प्रवृत्तिविरुद्ध कडाइ गरेको छ।भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, सातवटै प्रदेश सरकार र स्थानीय तहलाई परिपत्र गर्दै सरुवा भएका कर्मचारीलाई कानुनले तोकेको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन दिएको हो।मन्त्रालयले...

