निर्वाचन आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया अघि बढ्यो, साउन १२ र १३ गते प्रस्तुतीकरण
काठमाण्डौ । निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको नियुक्ति प्रक्रिया अघि बढेको छ। संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित पदाधिकारीलाई साउन १२ र १३ गते प्रस्तुतीकरणका लागि बोलाउने निर्णय गरेको हो।समितिको मंगलबार बसेको बैठकले साउन १२ गते प्रस्तावित निर्वाचन आयुक्त डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको प्रस्तुतीकरण गर्ने कार्यतालिका तय...

