फेरि बाढी आउने सूचनापछि नुवाकोटको ढुंगे बजार खाली गराउँदै प्रहरी
काठमाण्डौ । तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै आएको विनाशकारी बाढीले ठूलो क्षति पुर्याएको नुवाकोटको ढुंगे बजारमा फेरि बाढी आउन सक्ने सूचना आएपछि प्रहरीले बस्ती खाली गराउन थालेको छ।पहिलो बाढीले ढुंगे बजारका विभिन्न क्षेत्र माटो, ढुंगा, बालुवा तथा बाढीले बगाएर ल्याएका अन्य सामग्रीले पुरेको छ। बजार क्षेत्रको भौतिक संरचना, सडक तथा आवतजावतमा समेत ठूलो असर परेको...

