बिहीबार, श्रावण १४,२०८३ 04:43:56
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 04:43:56
Bizshala
Global IME Bank Limited

सुनसरी घटनाको तनाव सिरहासम्म फैलियो, झडपमा दुई घाइते–११ मोटरसाइकलमा आगजनी

सुनसरी घटनाको तनाव सिरहासम्म फैलियो, झडपमा दुई घाइते–११ मोटरसाइकलमा आगजनी
New Office

 

काठमाण्डौ । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक घटनाको असर सिरहासम्म फैलिएको छ। बिहीबार सिरहामा दुई पक्षबीच झडप हुँदा दुई जना घाइते भएका छन् भने प्रदर्शनकारीले आगजनी गर्दा ११ वटा मोटरसाइकल नष्ट भएका छन्।

स्थिति तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ। तर कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शन जारी रहेपछि अवस्था थप जटिल बनेको हो।

प्रदर्शनका क्रममा दुई पक्षबीच झडप हुनुका साथै तोडफोड र आगजनी सुरु भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरेको बताइएको छ। सो क्रममा दुई जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि स्थानीय अस्पताल पुर्‍याइएको छ।

प्रदर्शनकारीले केहीबेरअघि स्थानीय मोटरसाइकल ग्यारेजमा रहेका सवारीसाधन बाहिर निकालेर आगजनी गरेका थिए। आगजनीबाट ११ वटा मोटरसाइकल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

तनाव थप फैलिन नदिन सिरहाका संवेदनशील क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ। प्रशासनले सर्वसाधारणलाई कर्फ्यूको पालना गर्न, अनावश्यक रूपमा घरबाहिर ननिस्कन तथा अफवाह र उत्तेजक गतिविधिबाट टाढा रहन आग्रह गरेको छ।

सुनसरीको कप्तानगञ्ज घटनापछि जनकपुरसहित मधेशका विभिन्न क्षेत्रमा प्रदर्शन र तनाव बढिरहेको छ। सिरहामा झडप, आगजनी र घाइतेसमेत भएपछि सामाजिक सद्भाव कायम गर्न सरकार र स्थानीय प्रशासनमाथि दबाब थपिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.