सोल्टी होटलको आम्दानी रु.३.१४ अर्ब, खुद नाफा १६.५१% ले वृद्धि,
काठमाण्डौ । सोल्टी होटल लिमिटेडको नाफामा सुधार देखिएको छ । गत आर्थिक वर्ष २०८२–८३ मा कम्पनीले ७६ करोड ११ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । यो नाफा अघिल्लो आर्थिक वर्ष २०८१–८२ को तुलनामा १६.५१ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले ६५ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आवमा कम्पनीको आम्दानीमा सुधार देखिएसँगै नाफा बढेको हो । अघिल्लो आवमा २ अर्ब ७७ करोड रुपैयाँ...

