मंगलवार, जेष्ठ ५,२०८३ 03:19:23
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 03:19:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सोल्टी होटलको साधारण सभा पुसमा हुने, लाभांश पारित मुख्य अजेण्डा

Laxmi Sunrise Bank Limited
सोल्टी होटलको साधारण सभा पुसमा हुने, लाभांश पारित मुख्य अजेण्डा
Shivam Cement

काठमाण्डौ । सोल्टी होटल लिमिटेडको ५० औं वार्षिक साधारण सभा आगामी पुस ४ गते आयोजना हुने भएको छ । गत कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस ४ गते काठमाण्डौको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

उक्त सभामा भौतिक अपस्थिती तथा भर्चुअल भिडियो कनफ्रेन्समार्फत समेत सहभागीता जनाउन सकिने कम्पनीले जनाएको छ । सभामा सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र २६.८४२१०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने र सोहीअनुसार चुक्तापूँजीलाई बृद्धि गर्न स्वीकृति प्रदान गर्ने, कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको सेयर पूँजी वृद्धि गर्ने विशेष प्रस्तावलाई स्विकृत गरी पारित गर्ने, र कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न विशेष प्रस्ताव पारित गर्ने तथा यस सम्बन्धमा नियमनकारी निकायबाट कुनै निर्देशन प्राप्त भएमा सोही बमोजिम आवश्यक संशोधन, परिमार्जन वा समायोजन गर्न आवश्यक भएमा सोका लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।  

Bizshala
New Office
CG Motors

यसैगरी, आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ का वार्षिक आर्थिक विवरणहरु असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब तथा अन्य विस्तृत आय विवरण, नगद प्रवाह विवरण तथा ईक्वीटीमा भएको परिवर्तनको विवरण र कम्पनीको सहायक कम्पनीहरुको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणहरु समेत समावेश रहेको कम्पनीको एकिकृत आर्थिक विवरणहरुमाथि  छलफल गरी पारित गरिनेछ ।  

Garima Development Bank
Shivam Cement
IME remit

सभामा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने  प्रस्ताव समेत पारित गरिनेछ ।  

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १३ गतेदेखि पुस ४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन तथा सभामा सहभागी हुन योग्य हुनेछन् । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.