साशा इन्जिनियरिङ हाइड्रोपावरले २५ लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल
काठमाण्डौ । साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशतले हुन आउने २५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्कासन प्रयोजनाका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।