चिलिमे हाइड्रोको सुरुङमा तीन शव र मानव अङ्ग फेला
काठमाण्डौ । भोटेकोशी बाढीपछि पुरिएको रसुवास्थित चिलिमे हाइड्रोपावरको सुरुङभित्र खोजीका क्रममा तीन वटा शव र एउटा मानव अङ्ग फेला परेको छ।नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त खोज तथा उद्धार टोलीले बुधबार सुरुङभित्रबाट ती शव तथा मानव अङ्ग निकालेको हो।नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार सुरुङभित्र करिब ७० मिटर प्रवेश गरेका गोताखोरको टोलीले...

