मंगलवार, श्रावण १९,२०८३ 08:01:37
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 08:01:37
Bizshala
Global IME Bank Limited

मुस्ताङमा अवैध भेपको ठूलो खेप समातियो, दुई कन्टेनर जफत

मुस्ताङमा अवैध भेपको ठूलो खेप समातियो, दुई कन्टेनर जफत
New Office

काठमाण्डौं । मुस्ताङको उत्तरी सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले ठूलो परिमाणको अवैध इलेक्ट्रोनिक सामग्रीसहित दुई वटा कन्टेनर नियन्त्रणमा लिएको छ।

लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टी क्षेत्रबाट चाइनिज भेप (इलेक्ट्रिक चुरोट) सहित अन्य सामान बरामद गरिएको हो।

 

सशस्त्र प्रहरीको विशेष टोलीले शुक्रबार राति सञ्चालन गरेको संयुक्त अपरेशनमा ५९० कार्टुन भेप, दुई वटा कन्टेनर तथा तीन जनालाई नियन्त्रणमा लिइएको हो।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नेचुङ, नेपाल प्रहरी र मुस्ताङ भन्सार कार्यालयको संयुक्त टोलीले विशेष सूचनाका आधारमा नाका क्षेत्रमा निगरानी बढाउँदै चेकजाँच गरेको थियो। 

सोही क्रममा कोरला नाका हुँदै काठमाडौंतर्फ लैजाँदै गरिएको अवैध सामान फेला परेको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका व्यक्तिहरूमा धादिङको धुनीबेशी नगरपालिका–१ का सन्तोष लामा, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ का फुन्चुदोर्जे तामाङ र सोही गाउँपालिका–३ का पासाङ शेर्पा रहेका छन्।  

उनीहरूलाई सामान ओसारपसारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार, ना६ख ४७४३ र ना५ख ७९२१ नम्बरका दुई कन्टेनरमा भेपसहित ठूलो परिमाणमा अन्य सामान पनि फेला परेको हो।

चीनबाट अवैध रूपमा भित्र्याइएको उक्त सामान काठमाडौं बजारसम्म पुर्‍याउने तयारी गरिएको आशंका गरिएको छ।

बरामद सामानमा ५९० कार्टुन भेपसँगै २५९ कार्टुन विभिन्न कम्पनीका जुत्ता, ८ बोरा मोजा, १५ बोरा लत्ताकपडा तथा करिब १५ किलो खाली कार्टुन बक्स समेत रहेको प्रहरीले जनाएको छ। 

यी सामग्री भन्सार प्रक्रिया पूरा नगरी अवैध रूपमा ढुवानी गरिएको पुष्टि भएको छ।

सशस्त्रका केन्द्रीय प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टका अनुसार, बरामद सामान र कन्टेनर आवश्यक कानूनी प्रक्रिया पूरा गर्न मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको छ।  

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयमा जिम्मा लगाइएको छ।

सीमा क्षेत्रमा पछिल्लो समय अवैध इलेक्ट्रोनिक सिगरेट, कपडा तथा उपभोग्य सामग्रीको तस्करी बढ्दै गएको भन्दै सुरक्षा निकायले निगरानी कडा बनाएको छ।  

कोरला नाका हुँदै हुने सम्भावित अवैध आयात रोक्न नियमित गस्ती, संयुक्त चेकजाँच र सूचनामूलक अपरेशनलाई थप प्रभावकारी बनाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.