साउदी अरबको तेल निर्यात इरान युद्ध शुरु हुनुअघिकै उच्च स्तरमा, हर्मुज हुँदै आपूर्ति पुनः तीव्र
काठमाण्डौ । इरानसमर्थित लडाकु समूहसँगको द्वन्द्व चर्किए पनि साउदी अरबले कच्चा तेलको निर्यात उल्लेख्य रूपमा बढाएको छ। व्यापारसम्बन्धी तथ्यांक उपलब्ध गराउने कम्पनी केप्लरका अनुसार सेप्टेम्बरमा साउदी अरबले दैनिक करिब ६० लाख ब्यारेल कच्चा तेल निर्यात गरिरहेको छ, जुन करिब सात महिनाअघि सुरु भएको इरान युद्धपछि सबैभन्दा उच्च स्तर हो।सेप्टेम्बरमा साउदीको कच्चा तेल निर्यात सन्...

