सुपर हेवा पावरले ३.१५७८९% नगद लाभांश वितरण गर्ने
काठमाडौं। सुपर हेवा पावर कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई ३.१५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट करसहित उक्त नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश कम्पनीको आगामी १६औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीले पाउनेछन्।

