उपत्यकामा २४ घण्टामा २,४०८ चालक कारबाहीमा, ट्राफिक नियम उल्लङ्घनमा ४ लाख ५८ हजार राजस्व संकलन
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ठूलो संख्याका चालकहरू कारबाहीमा परेका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कुल २ हजार ४०८ चालकलाई विभिन्न नियम उल्लङ्घनका आधारमा कारबाही गरिएको हो, जसबाट ४ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

