शनिबार, असार १३,२०८३ 11:09:10
Bizshala
  • शनिबार, असार १३,२०८३ 11:09:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

२४ घण्टामा उपत्यकामा २ हजारभन्दा बढी सवारीचालक कारबाहीमा, २१ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन

Laxmi Sunrise Bank Limited
२४ घण्टामा उपत्यकामा २ हजारभन्दा बढी सवारीचालक कारबाहीमा, २१ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन

काठमाण्डौ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि गरिएको निगरानीका क्रममा पछिल्लो २४ घण्टामा दुई हजार १०२ जना सवारीचालक कारबाहीमा परेका छन्।  

व्यापक ट्राफिक अनुगमनका क्रममा विभिन्न प्रकारका नियम उल्लङ्घन गर्ने चालकलाई जरिवाना गरिएको हो।

New Office
CG Motors
Garima Development Bank

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त अवधिमा गरिएको कारबाहीबाट २१ लाख १० हजार ५१४ रुपैयाँ राजस्व सङ्कलन भएको छ।  

ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न दैनिक रूपमा निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाउँदै आएको जनाएको छ।

कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ८९ जना चालक कारबाहीमा परेका छन्।

त्यस्तै, अनुमति तथा मापदण्डविपरीत ‘राइड सेयरिङ’ सेवा सञ्चालन गर्ने १०८ जना, ट्राफिक बत्तीको संकेत उल्लङ्घन गर्ने ९९ जना तथा तीव्र गतिमा सवारी चलाउने ८३ जना चालकलाई पनि कारबाही गरिएको छ।

यसैगरी, लेन अनुशासन पालना नगर्ने ५९ जना, निषेधित क्षेत्रमा अनावश्यक रूपमा हर्न बजाउने १०० जना, लागुऔषध सेवन गरी सवारी चलाएको अवस्थामा भेटिएका दुई जना तथा एकतर्फी सडकमा सवारी सञ्चालन गर्ने ७८ जना चालकलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही गरेको जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सबैभन्दा धेरै भने अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ४८४ जना चालक कारबाहीमा परेका छन्।  

यसमा आवश्यक कागजात नबोक्ने, सवारी सञ्चालनसम्बन्धी अन्य नियम पालना नगर्ने तथा सडक सुरक्षासम्बन्धी मापदण्ड उल्लङ्घन गर्ने चालकहरू समावेश छन्।

ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण, सुरक्षित र व्यवस्थित यातायात प्रणाली विकास तथा चालकहरूमा ट्राफिक नियमप्रति जिम्मेवारीबोध गराउने उद्देश्यले नियमित रूपमा विशेष निगरानी अभियान सञ्चालन गर्दै आएको जनाएको छ।  

कार्यालयले सबै चालकलाई मादक पदार्थ वा लागुऔषध सेवन गरी सवारी नचलाउन, गति सीमा पालना गर्न, ट्राफिक संकेतको सम्मान गर्न तथा सडक अनुशासन कायम राख्न आग्रह गरेको छ।

प्रहरीका अनुसार ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन र नागरिकको सचेत सहभागिताबाट मात्रै सडक दुर्घटना घटाउन र सुरक्षित यातायात वातावरण निर्माण गर्न सकिने भएकाले आगामी दिनमा पनि यस्ता अनुगमन तथा कारबाहीलाई निरन्तरता दिइनेछ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.