तारागाँउ रिजेन्सी होटल्सद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?
काठमाण्डौ । तारागाँउ रिजेन्सी होटल्स लिमिटेडले २९ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा गत आवका लागि प्रस्तावित ५ प्रतिशत नगद लाभांश(कर बाहेक)को प्रस्ताव पारित गरिनेछ ।

