सोमबार, असार १५,२०८३ 01:32:48
Bizshala
  • सोमबार, असार १५,२०८३ 01:32:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जेनजी आन्दोलनका कारण नेप्सेमा सूचिकृत दुई कम्पनी अनिश्चितकालका लागि बन्द

Laxmi Sunrise Bank Limited
जेनजी आन्दोलनका कारण नेप्सेमा सूचिकृत दुई कम्पनी अनिश्चितकालका लागि बन्द

काठमाण्डौ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण क्षतिग्रस्त नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत केही कम्पनी अनिश्चितकालका लागि बन्द भएका छन् ।  

जेनजी आन्दोलनका कारण नेप्सेको होटल तथा पर्यटन समूहमा सूचिकृत दुई कम्पनी तारागाउँ रिजेन्सी होटल(हायात होटल) र चन्द्रागिरी केवलकार अनिश्चितकालका लागि बन्द भएका हुन् । 

New Office
CG Motors
Garima Development Bank

जेनजी आन्दोलनका क्रममा अराजक समूहहरुले व्यक्तिको निजी सम्पत्ति, निजी क्षेत्रबाट सञ्चालित होटल तथा अन्य महत्वपूर्ण संरचनाहरुमा तोडफोड गरेको थियो । सो क्रममा हायत होटल र चन्द्रागिरी केवलकार समेत तारो बनेका थिए ।  

अराजक समूहहरुले चन्द्रागिरी केवलकारको तल्लो स्टेसनमा तोडफोड र आगजनी गरेका कारण भदौ २४ गतेदेखि नै त्यहाँको सेवा ठप्प छ । त्यहाँ मर्मतको काम भईरहे पनि कहिलेबाट केबलकार सञ्चालनमा आउँछ भन्ने यकिन छैन । चन्द्रागिरी केवल कार सिजिएच कारोबार संकेतबाट नेप्सेमा सूचिकृत कम्पनी हो ।  

यस्तै, नेप्सेमा टिआरएच कारोबार संकेतबाट सूचिकृत तारागाउँ रिजेन्सी होटल(हायात) समेत अनिश्चितकालका लागि बन्द गरिएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हायात रिजेन्सी काठमाण्डौका मानव संसाधन निर्देशक मोहम्मद युसुफ यामिनले एक सूचना प्रकाशित गर्दै आन्दोलनका क्रममा भएको क्षति र सुरक्षाजन्य संवेदनशीलताका कारण होटल तत्काल सञ्चालन गर्न नसकिने भनिएको छ ।

मर्मत तथा पुनर्निर्माणको काम सकिएपछि मात्र पुनः सञ्चालनबारे निर्णय हुने उल्लेख गर्दै सूचनामा सुरक्षाका कारणले सम्पूर्ण श्रमिकलाई पनि अर्को सूचना नआएसम्म होटल परिसरमा उपस्थित नहुन भनिएको छ ।  

होटलले जारी गरेको सूचनामा भनिएको छ, “होटेलको मर्मत र पुनर्निर्माणको जोखिम तथा सुरक्षा संवेदनशिलता समेतलाइ मध्यनजर गर्दै होटेलबाट प्रवाह हुँदै आएको व्यवसायिक सेवा लगायत सम्पूर्ण होटल नै पूर्ण रुपमा बन्द रहेको हुनाले यस विषयमा प्रतिष्ठानमा क्रियाशिल ट्रेड युनियनसँग छलफल भई प्रतिष्ठानमा कार्यरत सम्पूर्ण श्रमिकहरु अर्को सूचना प्रेषित नहँुदासम्म वा अन्य निर्णय नहुँदासम्म सम्पूर्ण श्रमिकलाई होटेल परिसरमा उपस्थित नहुन अवगत गराइन्छ ।’

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.