चाडपर्व नजिकिएसँगै तातोपानी नाका खुलाउने तयारी, पहिरो र भग्नावशेष हटाउने काम तीव्र
काठमाण्डौ। असार ३१ गतेदेखि पूर्ण रूपमा बन्द रहेको नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने सडक खुलाउन पहिरो तथा भग्नावशेष हटाउने काम तीव्र पारिएको छ। सोमबारदेखि इको पहिरो, लिपिङ बजारको पहिरो तथा भूकम्पबाट क्षतिग्रस्त घरटहराका भग्नावशेष हटाउन थालिएको हो।पहिरो र भग्नावशेष हटाउने काम पूरा भएपछि केही दिनभित्रै नाका सडक सञ्चालनमा ल्याउने तयारी गरिएको छ। यसअघि...

