सोमबार, श्रावण १८,२०८३ 07:12:55
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 07:12:55
Bizshala
Global IME Bank Limited

कोदारीमा सडक भासिँदा तातोपानी नाका पुनः अवरुद्ध

कोदारीमा सडक भासिँदा तातोपानी नाका पुनः अवरुद्ध
New Office

काठमाण्डौ । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको कोदारी क्षेत्रमा सडक भासिएपछि नेपाल–चीन जोड्ने प्रमुख व्यापारिक नाका तातोपानी पुनः अवरुद्ध भएको छ।

भोटेकोसी गाउँपालिका–२ स्थित कोदारीको इको क्षेत्रमा करिब दुई मिटर सडक भासिएपछि सोमबारदेखि सवारी आवागमन ठप्प भएको हो।

आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण सडक भासिएको हो। निरन्तर वर्षा भइरहेका कारण माथिबाट लेदो बगिरहेकाले अवरुद्ध सडक खुलाउने काममा समेत कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

सडक खुलाउन चरिकोट सडक डिभिजन कार्यालयले भासिएको स्थानमा गिट्टी र माटो हाल्ने तयारी गरे पनि प्रतिकूल मौसमका कारण काम प्रभावित भएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.