मंगलवार, भाद्र ९,२०८३ 10:48:20
Bizshala
  • मंगलवार, भाद्र ९,२०८३ 10:48:20
Bizshala
Global IME Bank Limited

चाडपर्व नजिकिएसँगै तातोपानी नाका खुलाउने तयारी, पहिरो र भग्नावशेष हटाउने काम तीव्र

चाडपर्व नजिकिएसँगै तातोपानी नाका खुलाउने तयारी, पहिरो र भग्नावशेष हटाउने काम तीव्र
New Office

काठमाण्डौ। असार ३१ गतेदेखि पूर्ण रूपमा बन्द रहेको नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने सडक खुलाउन पहिरो तथा भग्नावशेष हटाउने काम तीव्र पारिएको छ। सोमबारदेखि इको पहिरो, लिपिङ बजारको पहिरो तथा भूकम्पबाट क्षतिग्रस्त घरटहराका भग्नावशेष हटाउन थालिएको हो।

पहिरो र भग्नावशेष हटाउने काम पूरा भएपछि केही दिनभित्रै नाका सडक सञ्चालनमा ल्याउने तयारी गरिएको छ। यसअघि डाक्लाङ क्षेत्रको पहिरो पन्छाइसकिएको थियो।

नेपाल–चीन सीमास्थित मितेरी पुलसँगै रहेको लिपिङ क्षेत्रमा सडक भासिएर साँघुरिएको छ। सडकको माथिल्लो भागमा मानव बस्ती र तल भोटेकोशी नदीको तीव्र बहावका कारण सडकको संरचना तानिँदा यातायात सञ्चालनमा समस्या भएको हो।

इको र डाक्लाङको पहिरो हटाएपछि अहिले लिपिङ क्षेत्रमा पहिरो तथा भग्नावशेष हटाउने र भासिएको सडक उकास्ने काम भइरहेको छ। त्यसका लागि दर्जनौँ मेसिन परिचालन गरिएको छ।

इको पहिरो क्षेत्रमा सडक मर्मत तथा पहिरो नियन्त्रणका लागि सरकारले ४८ करोड ४९ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। नेपाली ठेकेदारसँगको सम्झौता गत वैशाखमा तोडेर सरकारले उक्त कामको जिम्मा चिनियाँ निर्माण कम्पनी चाइना नाइन्टिन्थ मेटलर्जिकल कर्पोरेसनलाई दिएको थियो।

Bizshala
CG Motors

तर चिनियाँ ठेकेदार कम्पनी इको पहिरो क्षेत्रमा काम गर्न नआएपछि सडक डिभिजन कार्यालय आफैंले पहिरो हटाउने काम गरिरहेको छ। सम्झौताअनुसार उक्त बजेटबाट इको पहिरो क्षेत्रमा करिब २०० मिटर सडकको पहिरो नियन्त्रण तथा सडक मर्मत–सुधार गर्नुपर्ने भए पनि ठेकेदार कम्पनी हालसम्म काममा नआएको कार्यालयले जनाएको छ।

लिपिङ क्षेत्रमा रहेका भग्नावशेष हटाई भासिएको सडक मर्मत गरेपछि लिपिङपारि रोकिएका ८५ वटा मालवाहक कन्टेनर तातोपानी भन्सारमा जाँचपासका लागि ल्याउन सकिनेछ।

लिपिङ र इको पहिरोबीच रोकिएका मालवाहक कन्टेनर भने इको क्षेत्रको पहिरो हटाएपछि तातोपानी भन्सारसम्म पुगिसकेका छन्।

तातोपानी नाका पूर्ण रूपमा सञ्चालनमा आए नजिकिँदै गरेका चाडपर्वका लागि आवश्यक सामग्री यही नाकाबाट राजधानीलगायत देशका विभिन्न बजारमा भित्र्याउन सहज हुने जनाइएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X