बरु हामी अँध्यारोमा बस्न तयार छौ, उद्योगलाई भने पूरै बिजुली दिन्छौंः उद्योगमन्त्री भण्डारी
काठमाण्डौ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आफूहरु अँध्यारोमा बसेर भए पनि उद्योगहरुलाई पूरै समय विद्युत दिने बताएका छन्। मन्त्री भण्डारीले हेटौँडा सिमेन्ट उद्योगको स्थलगत अवलोकनका क्रममा सरकारको पहिलो प्राथमिकतामा उद्योग रहेको उल्लेख गर्दै अब डेडिकेटेड र ट्रंकलाइन विवादमा कुनै पनि उद्योगको लाइन नकाट्ने बताएका हुन्।