काठमाण्डौ–बैंकक उडान पुनः सुचारु गर्दै थाइ एयर एशिया
काठमाण्डौ । थाइ एयर एशियाले काठमाण्डौ –बैंकक उडान पुनः सुरु गर्ने भएको छ । कम्पनीले आगामी भदौ ३१ गतेदेखि पुनः उडान सुरु गर्ने भएको हो। कम्पनीले कात्तिक १६ गतेसम्म काठमाण्डौबाट र कात्तिक तेस्रो साताबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन गर्ने तयारी गरेको छ । कम्पनीले भदौ ३१ बाट उडान गर्ने गरी टिकट बिक्री समेत सुरु गरिसकेको छ।