टिग कन्फेरेन्स २०२६: अकाउन्टिङलाई प्रविधिमैत्री र डेटामुखी बनाउने विषयमा विमर्श
काठमाण्डौ । अकाउन्टिङ र व्यवसाय अभ्यासमा केन्द्रित ‘टिगकन २०२६’ माघ १८ गते ललितपुरको पुलचोकस्थित हिमालय होटलमा सम्पन्न भएको छ। सम्मेलनमा परम्परागत अकाउन्टिङ प्रक्रियालाई कसरी प्रविधिमैत्री, डेटामा आधारित र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा गहन छलफल गरिएको थियो।कार्यक्रममा लेखा व्यवसायी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, साना तथा मझौला व्यवसाय...

