शनिबार, बैशाख ५,२०८३ 08:49:32
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 08:49:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

टिगमा थपियो प्रोडक्सन फिचर, अब उद्योगको उत्पादन प्रक्रियालाई सजिलै डिजिटाइज गर्न सकिने

Bizshala
टिगमा थपियो प्रोडक्सन फिचर, अब उद्योगको उत्पादन प्रक्रियालाई सजिलै डिजिटाइज गर्न सकिने
Shivam Cement

काठमाण्डौ । आन्तरिक राजस्व विभागबाट प्रमाणित क्लाउडमा आधारित सफ्टवेयर टिगमा प्रोडक्सन फिचर थप भएको छ । १५ सय बढी व्यवसायले विश्वास गरेको टिगमा अकाउन्ट, रेष्ट्रो, रिटेलसँगै म्यानुफ्याक्चरिङ प्रक्रियालाई पनि डिजिटलाइज गर्ने फिचर थपिएको हो ।  

नयाँ प्रक्रियाले साना तथा मझौला उद्योगको म्यानुफ्याक्चरिङ प्रक्रियालाई डिजिटाइज गर्ने बिआइसी टेक्नोलोजीका सीईओ रमेश केसीले बताए । टिगको प्रोडक्सन सुविधामार्फत कुनै पनि वस्तु उत्पादनका लागि आवश्यक पर्ने ‘रअ मेटेरियल’ राख्न, उत्पादन गर्दाको खर्च र लागत समेत सजिलै थाहा पाउन सकिने छ ।

यस बाहेक रअ मेटिरियलको उपलब्धता बारे थाहा पाउन र प्रोडक्सन प्रक्रियाको सबै रिपोर्ट समेत डाउनलोड गर्न सकिने टिगले जनाएको छ । साना व्यवसायको उत्पादन अनुभवलाई प्रविधिमैत्री बनाउन, लागत कम गर्न र चलाउन सजिलो हुने गरी टिगको डिजाइन गरिएको केसी बताउँछन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

‘साना व्यवसायहरू म्यानुफ्याक्चरिङ प्रक्रियालाई व्यवस्थापन गर्न विभिन्न चुनौतीसँग लडिरहेका हुन्छन् । धेरैले महंगो सफ्टवेयरमा लगानी समेत गर्न सक्दैनन्,’ केसी भन्छन्, ‘यही समस्यालाई समाधान गर्न सहजै म्यानुफ्याक्चरिङ प्रक्रियालाई प्रभावकारी बनाउन र व्यवस्थापन गर्न प्रोडक्सन फिचर ल्याएका हौं ।’

टिगको प्रोडक्सन फिचरबाट उत्पादनको दक्षता बढ्ने, लागत घट्ने र डेटामा आधारित निर्णय लिन सघाउने कम्पनीले जानकारी दिएको छ । साथै, एउटै प्लेटफर्ममा अकाउन्टिङ, रेष्टुरेन्ट, इन्भेन्ट्री, पीओएस, रिटेल, प्रोडक्टसन लगायतको सुविधा भएकाले यसले फरक फरक सुविधाका लागि फरक फरक सफ्टवेयर किन्नुपर्ने बाध्यता समेत टिगले अन्त्य गर्नेछ ।  

टिग क्लाउडमा आधारित सफ्टवेयर भएका कारण जुनसुकै ठाउँबाट पनि यसलाई अनलाइनमार्फत चलाउन सकिन्छ । टिग वेबसाइट र मोबाइल एपमा उपलब्ध रहेको छ ।    

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.