भोटेकोशी–त्रिशूली बाढीपछि ११७ पर्यटकको उद्धार, भारतीय नागरिक सबैभन्दा धेरै
काठमाण्डौ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि ११७ जना पर्यटकको उद्धार गरिएको छ। उद्धार गरिएका पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय नागरिक रहेका छन्।उद्धार गरिएका ११७ पर्यटकमध्ये भारतका ८५ जना, दक्षिण कोरियाका ९ जना र चीनका १६ जना रहेका छन्। त्यस्तै, अमेरिकाका २ जना र इटालीका २ जना पर्यटकको पनि उद्धार गरिएको छ।

