व्यापार घाटा २.५२% ले घट्यो,कुल व्यापारमा आयातको हिस्सा ९१.१० %
काठमाण्डौ । नेपालको व्यापार घाटा ९ खर्ब रुपैयाँ बढी नाघेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०र८१ को ८ महिनामा देशको वैदेशिक व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड रुपैयाँ पुगको हो। जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २.५२ प्रतिशतले कम हो । गत आर्थिक वर्षको फागुन महनिासम्म अथावा ८ महिनासम्ममा देशको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड भन्दा बढी थियो ।