काठमाण्डौ । नेपालको व्यापार घाटा ९ खर्ब रुपैयाँ बढी नाघेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०र८१ को ८ महिनामा देशको वैदेशिक व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड रुपैयाँ पुगको हो। जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २.५२ प्रतिशतले कम हो ।
गत आर्थिक वर्षको फागुन महनिासम्म अथावा ८ महिनासम्ममा देशको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड भन्दा बढी थियो ।
फागुन महिनासम्म आयात र निर्यात दुवैमा गिरावट आएको छ । चालु आवको ८ महिनाको अवधिमा १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँबराबरको आयात भएको छ । जुन गत आवको सोहि अवधिको तुलनामा २.६६ प्रतिशतले कम हो । यो अवधिमा निर्यात भने १ खर्ब ६१ करोड रुपैयाँबराबरको निर्यात भएको छ । जुन गत आवको तुलनामा ३.९९ प्रतिशतले कम हो ।
कुल व्यापारमा आयातको हिस्सा ९१.१० प्रतिशत र निर्यातको हिस्सा ८.९० प्रतिशत रहेको छ ।
आयात र निर्यातमा आएको कमीका कारण देशको व्यापार घाटामा कमी देखिएको हो ।