BANKING

नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेललाई मातृशोक

काठमाण्डौ । नबिल बैंक लिमिटेडका अध्यक्ष उपेन्द्र पौडेललाई मातृशोक परेको छ । पौडेलकी आमा शोभना पौडेलको ८१ वर्षको उमेरमा निधन भएको छ ।  वि.सं. १९९९ जेठ १५ गते जन्मिएकी शोभना पौडेलको मृत्यु चावहिलमा रहेको मेडिकेयर अस्पतालमा उपचारका क्रममा भएको हो ।