युनिलिभर नेपालको नाफा १६ प्रतिशत घट्यो
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको खुद नाफा चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो त्रैमासमा १६ प्रतिशतले घटेको छ । कम्पनीले असोज मसान्तसम्म २५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ३० करोड रुपैयाँ थियो ।

