शनिबार, श्रावण २,२०८३ 03:57:29
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 03:57:29
Bizshala
Global IME Bank Limited

निर्धन उत्थान लघुवित्तद्वारा साधारण सभा र बुक क्लोजको मिति तय, यस्ता छन् मुख्य प्रस्ताव

निर्धन उत्थान लघुवित्तद्वारा साधारण सभा र बुक क्लोजको मिति तय, यस्ता छन् मुख्य प्रस्ताव
New Office

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको २६ औं साधारण सभा आगामी पुस २६ गते काठमाण्डौको नक्सालमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा बिहान १० बजेदेखि सुरु हुनेछ ।  

संस्थाको सञ्चालक समितिले गत आवका लागि सेयरधनीहरुलाई लाभांशको कुनैपनि प्रस्ताव नगरेकाले लाभांशसँग सम्बन्धित कुनैपनि अजेण्डा सभामा पेश हुनेछैन ।  

सभामा अन्य एकभन्दा बढी लघुवित्तलाई मर्जर वा प्राप्ति गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै सभामा आव २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, आव २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तिय विवरणहरु उपर छलफल गरि पारित गर्ने र आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि संस्थाले पुस १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निाणर््य गरेको छ । यसर्थ पुस ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.