बिहीबार, बैशाख ३१,२०८३ 04:33:59
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 04:33:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एसएमई प्लेटफर्म अर्थ मन्त्रालयमै रोकियो, धितोपत्र बोर्ड अलमलमा

Laxmi Sunrise Bank Limited
एसएमई प्लेटफर्म अर्थ मन्त्रालयमै रोकियो, धितोपत्र बोर्ड अलमलमा
Shivam Cement

काठमाण्डौ । केही समयपहिले धितोपत्र बोर्डले प्रस्ताव गरेको एसएमई प्लेटफर्म अर्थ मन्त्रालयमा नै रोकिएको छ । स्रोतका अनुसार नयाँ अध्यक्ष आएपछि अध्यक्ष नै अलमलमा पर्दा र नेप्से तथा अर्थ मन्त्रालयसँग आवश्यक समन्वय नहुँदा प्रस्तावित एसएमई प्लेटफर्म अघि बढ्न नसकेको हो ।

धितोपत्र बोर्डमा नयाँ अध्यक्ष आएपछि पनि यस विषयमा अध्यक्ष अलमलमा नै रहेको स्रोतले दाबी गर्यो । यही कारण अर्थ मन्त्रालयले पनि यो प्लेटर्फम मन्त्रीपरिषद्मा पेश गर्न सकेको छैन ।  

Bizshala
New Office
CG Motors

नेपालको सेयर बजारमा थोरै कित्ता भएका कम्पनीका सेयरमूल्यमा व्यापक चलखेल हुने गरेको पाइएको छ । यही चलखेल रोक्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विशेष प्लेटफर्मका रुपमा एसएमई इन्डेक्स बनाउन बढाएको दाबी गरेको छ ।  

एसएमईअन्तर्गत विशेषगरी लघुवित्त, ह्यान्डिक्राफ्ट, रेस्टुराँ, कटेज, ट्राभल एण्ड टुर्स जस्ता कम्पनी पर्न सक्छन् । यद्यपी एसएमईअन्तर्गत कस्ता–कस्ता कम्पनी पर्ने भन्ने विषयमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अध्ययन गरेर धितोपत्र बोर्डलाई बुझाउनेछ ।  

सामान्यतयाः विदेशमा ५० जनाभन्दा कम कर्मचारी भएका कम्पनीलाई एसएमई इन्डेक्समा राखिन्छ । नेपालमा एसएमई इन्डेक्समा राखिने कम्पनीको मापदण्ड र पूँजी कति भन्ने विषय नेप्सेले बनाउने कार्यविधिमा बनाई सकेर अर्थ मन्त्रालयमा बुझाइएको छ । ‘चुक्तापूँजी, कर्मचारी संख्या र बजार पूँजीकरणका आधारमा एसएमई कम्पनीहरु छुट्टाइएको छ । जसमा न्यूनतमा २५ करोड भन्दा कम पूँजी भएका कम्पनीहरु एसएमई प्लेटफर्ममा पर्ने पनि बोर्डका एक अधिकारीले जानकारी दिए ।  

Garima Development Bank
Shivam Cement
IME remit

अहिले सेयर बजारमा साना–ठूला सबै कम्पनीको एकै प्लेटफर्ममा कारोबार भइरहेका छन् । ‘अब छुट्टै एसएमई इन्डेक्समा साना तथा मझौता कम्पनीको कारोबार हुन्छ तर नेप्सेअन्तर्गत नै हुन्छ’, ती अधिकारीले भने, ‘यसका लागि नेप्सेले कार्यविधि, प्लेटफर्म तथा ट्रेडिङ सिस्टम तयार पारिसकेको छ । अन्य कम्पनीले जस्तै यी कम्पनीले पनि पूँजी जुटाउन र परिचालन गर्न सहज होस् भन्ने उद्देश्यले छुट्टै एसएमई इन्डेक्स बनाउन लागिएको हो ।’

एसएमई इन्डेक्सको अर्को उद्देश्य यी साना तथा मझौला कम्पनीलाई अनुगमन गर्न सहज हुने र अहिले जस्तो दोस्रो बजारमा इन्साइडर ट्रेडिङ तथा सेयर कर्नरिङ हुने समस्या समधान हने ती अधिकारीले बताए ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.