अध्यक्षबिनै अघि बढ्ने भयो ‘एसएमई प्लेटफर्म’, आवेदन भने अहिलेबाटै दिन सकिने
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले साना तथा मझौला कम्पनीहरुको प्लेटफर्म ‘एसएमई’ सम्बन्धी विनियमावली अघि बढाउने भएको छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले दिएको जानकारीअनुसार एसएमई प्लेटफर्मको विषयमा नेप्सेको बोर्डमा एक–दुई पटक छलफल भएको छ । यससँगै नेप्सेले तयार पारेको विनियमावली सञ्चालक समितिमा पेश हुनेछ । हाल नेप्सेको अध्यक्ष पद रिक्त छ । अध्यक्ष नभएता...