शनिबार, फाल्गुन १०,२०८१ 09:21:05
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:21:05
IME remit
Global IME Bank Limited

एसएमई प्लेटफर्ममा प्रधानमन्त्री कार्यालयको समेत चासो, अलमलमा धितोपत्र बोर्ड

Hyundai Nepal
एसएमई प्लेटफर्ममा प्रधानमन्त्री कार्यालयको समेत चासो, अलमलमा धितोपत्र बोर्ड
Nabil Bank Limited

काठमाण्डौ । नेपालको सेयर बजारमा थोरै कित्ता भएका कम्पनीका सेयरमूल्यमा व्यापक चलखेल हुने गरेको पाइएको छ । यही चलखेल रोक्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विशेष प्लेटफर्मका रुपमा एसएमई इन्डेक्स बनाउन अध्ययन सुरु गरेको तीन बर्ष भन्दा बढी बितिसकेको छ । तर नियामक निकाय धितोपत्र बोर्ड नै यस विषयमा लामो समयदेखि अल्झिएको छ ।  

प्रधानमन्त्री कार्यालयले यस बिषयमा चासो देखाएपछि बुधबार धितोपत्र बोर्डका प्रवक्ता तथा एसएमई प्लेटफर्मका अध्ययनकर्ता डा.नबराज अधिकारी तथा कानूनका जानकार कृष्ण प्रसाद घिमिरे हतार हतार गरेर प्रधानमन्त्री कार्यालयतर्फ लागे ।  

यस विषयमा सर्वसाधारणबाट समेत चासो बढेपछि प्रधानामन्त्री कार्यालयले थप बुझ्नु पर्ने भन्दै धितोपत्र बोर्डलाई बोलाएको थियो । बुधबार बोर्डलाई १२ बजे प्रधानमन्त्री कार्यालयमा बोलाइए पनि बोर्डको तयारी निकै फितलो देखिन्थ्यो । पौने १२ बजे तिर बोर्डका प्रवक्ता समेत रहेका नबराज अधिकारी बोर्डका कार्यकारी निर्देशक कृष्ण प्रसाद घिमिरेको कोठामा हतारिँदै प्रवेश गरे । ‘लौ ढिलो भयो आज प्रधानमन्त्री कार्यलयमा एसएमईको विषयमा छलफल छ । घिमिरे जी ड्राप्फ्ट छिटो निकाल्नुहोस त,’ अधिकारीले भने ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

घिमिरेले भने प्रतिउत्तरमा आफुलाई यस विषय बारे जानकारी नभएको बताए । त्यस पछि कार्यालयमा आएको चिया पनि नखाई अधिकारी र घिमिरे प्रधानमन्त्री कार्यालय तर्फ हानिए । यस विषयमा थप बुझ्न खोज्दा दुवै जना २ दिनसम्म थप सम्पर्कमा आउन चाहेनन् ।  

पछिल्लो समय लो क्यापका कम्पनीमा अत्याधिक चलखेल भएको अवस्थामा एसएमई प्लेटफर्मको विषयलाई लिएर धितोपत्र बोर्डले यसको औचित्य खासै पुष्टि गर्न सकेको छैन । केही बजार जानकारहरुले एसएमई प्लेटफर्ममा अत्याधिक चलखेल हुन सक्ने पनि तर्क गरेका छन् । लगानीकर्ता टेकेन्द्र थपलिया भन्छन् ‘अहिले नै ५० करोड पूँजी भएको आत्मनिर्भर लघुबित्तको सेयर ५ हजार माथि रहेको छ । अब यो प्लेटफर्ममार्फत २५ करोड पूँजी भएका कम्पनी आउने हो भने सेयरको मूल्य कति होला ?’ यस विषयमा धितोपत्र बोर्ड प्रष्ट नभै एसएमई प्लेटर्फम अर्थ मन्त्रालय पठाएको पनि थपलियाले आरोप लगाए ।  

एसएमईअन्तर्गत विशेषगरी लघुवित्त, ह्यान्डि क्राफ्ट, रेस्टुँरा, कटेज, ट्राभल एन्ड टुर्सजस्ता कम्पनी पर्न सक्छन् । यद्यपि एसएमआईअन्तर्गत कस्ता–कस्ता कम्पनी पर्ने भन्ने विषयमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अध्ययन गरेर धितोपत्र बोर्डलाई बुझाउने भन्ने छ ।  

सामान्यतयाः विदेशमा ५० जनाभन्दा कम कर्मचारी भएका कम्पनीलाई एसएमई इन्डेक्समा राखिन्छ । नेपालमा एसएमई इन्डेक्समा राखिने कम्पनीको मापदण्ड र पूँजी कति भन्ने विषय नेप्सेले बनाउने कार्यविधिमा भर पर्ने धितोपत्र बोर्डका एक उच्च अधिकारीले यस अघि बताएका थिए, ‘चुक्तापूँजी, कर्मचारी संख्या र बजार पूँजीकरणका आधारमा एसएमई कम्पनीहरु छुट्टाइनु उपयुक्त हुन सक्ने पनि तर्क चल्दै आएको छ ।’  

अहिले सेयर बजारमा साना–ठूला सबै कम्पनीको एकै प्लेटफर्ममा कारोबार भइरहेका छन् । ‘अब छुट्टै एसएमई इन्डेक्समा साना तथा मझौता कम्पनीको कारोबार हुन्छ तर नेप्सेअन्तर्गत नै हुन्छन्,’ ती अधिकारीले भने, ‘यसलाई नेप्सेले कार्यविधि, प्लेटफर्म तथा ट्रेडिङ सिस्टम बनाउँछ । अन्य कम्पनीले जस्तै यी कप्मनीले पनि पूँजी जुटाउन र परिचालन गर्न सहज होस् भन्ने उद्देश्यले छुट्टै एसएमई इन्डेक्स बनाउन लागिएको हो ।’  

एसएमआई इन्डेक्सको अर्को उद्देश्य यी साना तथा मझौला कम्पनीलाई अनुगमन गर्न सहज होस भन्ने हो । तर त्यसलाई कसरी अनुगमन गर्ने र सहज कारोबार गर्ने भन्ने बिषयमा धितोपत्र बोर्डले सरोकारहरुलाई केही खुलाएको छैन ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.