बिहीबार, बैशाख ३१,२०८३ 07:05:44
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:05:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

साना कम्पनीको आईपीओ निष्कासनसम्बन्धी नियमावली लागू, न्यूनतम ५ सय कित्ताका लागि आवेदन दिनुपर्ने

Laxmi Sunrise Bank Limited
साना कम्पनीको आईपीओ निष्कासनसम्बन्धी नियमावली लागू, न्यूनतम ५ सय कित्ताका लागि आवेदन दिनुपर्ने
Shivam Cement

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१’ आज लागू गरेको छ। नेपाल सरकारले स्वीकृती दिएसँगै सेबोनले आज(माघ ३ गते)देखि एसएमईसम्बन्धी नियमावली लागू गरेको हो ।  

सेबोनले एक सूचना जारी गर्दै नियमावलीको आवश्यक कार्यान्वयनका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ्गलाई समेत पत्राचार गरिसकेको जनाएको छ । यससँगै अब कम चुक्तापूँजी भएका कम्पनीहरुले एसएमई प्लेटफर्ममार्फत आईपीओ जारी गर्नेछन् । यसअघि भने साना ठूला दुवै कम्पनीहरुले एउटै प्लेटफर्ममार्फत आईपीओ जारी गरी कारोबार गर्दै आईरहेका थिए ।  

Bizshala
New Office
CG Motors

अब एसएमईसम्बन्धी नियमावली लागू भएसँगै २५ करोड रुपैयाँभन्दा कम चुक्तापँजी भएका कम्पनीहरुले छुट्टै प्लेटफर्ममार्फत सार्वजनिक निष्कासन गर्नेछन् । यस्ता कम्पनीहरुलाई चुक्तापूँजीको ३० देखि ४९ प्रतिशतसम्म सर्वसाधारण्मा आईपीओ जारी गर्न दिइने व्यवस्था गरिएको छ । सर्वसाधारणले यस्ता कम्पनीको आईपीओ भर्दा न्यूनतम ५ सय कित्ताका लागि आवेदन दिनु पर्नेछ ।  

नियमावली अनुसार लगातार ३ वर्षसम्म नाफामा रहेका एसएमई कम्पनीले प्रिमियम मूल्यमा समेत आईपीओ जारी गर्न पाउनेछन् । कम्पनीहरुले प्रारम्भिक सार्वजनिक निष्कासन गर्नु पूर्व प्रारम्भिक सार्वजनिक निष्कासन गरिने धितोपत्रको ५ प्रतिशत सोको निष्कासन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य गर्ने मर्चेन्ट बैङ्करले र १५ प्रतिशत योग्य संस्थागत लगानीकर्ताले खरिद गरेको हुनु पर्नेछ ।

आईपीओ जारी गर्दा क्रेडिट रेटिङ्ग गर्न बोर्डले निर्देशन दिन सक्नेछ । बोर्डले सङ्गठित संस्थाको क्रेडिट रेटिङ्ग गर्न आवश्यक देखेमा यस नियमावली बमोजिम धितोपत्रको सार्वजनिक निष्कासन गर्नुपूर्व क्रेडिट रेटिङ्ग गर्ने संस्थामार्फत् क्रेडिट रेटिङ्ग गराउन सङ्गठित संस्थालाई निर्देशन दिन सक्नेछ ।

यस्तै बोर्डबाट धितोपत्रको सार्वजनिक निष्कासन सम्बन्धी व्यवस्था तथा विवरण स्वीकृत भएको मितिबाट दुई महिनाभित्र सहित संस्थाले धितोपत्रको बिक्री खुला गरि सक्नु पर्नेछ ।  

उपनियम (१) बमोजिमको अवधिभित्र धितोपत्र निष्कासन गर्न नसकिएमा त्यस्तो अवधिमा ति संस्थाको प्राविधिक, वित्तीय र व्यवस्थापकीय पक्षमा कुनै परिवर्तन भएको भए त्यस्तो परिवर्तन भएको विषय समावेश गरी संशोधित विवरणपत्र बोर्डबाट स्वीकृत गराएर मात्र निष्कासन खुला गर्नु पर्नेछ ।

यसैगरी सङ्गठित संस्थाले विवरणपत्र प्रकाशन गरी धितोपत्र बिक्री वितरण गर्दा धितोपत्र बिक्री खुला गरिने दिनभन्दा कम्तीमा ७ दिन अगाडि अनुसूची– बमोजिमका विवरण खुलाई निष्कासन तथा बिक्री प्रबन्धकमार्फत राष्ट्रियस्तरको दैनिक पत्रिकामा आह्वानपत्र प्रकाशन गर्नु पर्नेछ ।

निष्कासन खुला रहने अवधि दरखास्त खुला भएको मितिले कम्तीमा ४ कार्य दिन हुनेछ ।

यो अवधिभित्र निष्कासन गरिएको सबै कित्ता बिक्री नभएमा सङ्गठित संस्थाले त्यस्तो दरखास्त खुला भएको मितिले बढीमा १५ दिनका लागि धितोपत्रको दरखास्त खुला राख्न सक्नेछ । उल्लिखित अवधिमा मागभन्दा बढी रकमको लागि आवेदन प्राप्त भएमा सोको जानकारी बोर्डलाई गराई एक दिन अगाडि सार्वजनिक सूचना प्रकाशित गरी भोलिपल्ट कार्यालय समयपश्चात दरखास्त लिने कार्य बन्द गर्न सकिनेछ ।  

उल्लिखित अवधिभित्र निष्कासन गरिएको धितोपत्रमध्ये ५० प्रतिशतभन्दा कमका लागि आवेदन प्राप्त भएमा निष्कासन तथा बिक्री प्रबन्धकले उक्त निष्कासन कार्य रद्द गरी आवेदकले दरखास्त बापत जम्मा गरेको रकम फुकुवा गर्नु पर्नेछ ।

सार्वजनिक निष्कासनको लागि खुला गरिएको धितोपत्र बिक्री बन्द भएको मितिले बढीमा पन्ध्र दिनभित्र बाँडफाँट गर्नु पर्ने व्यवस्था गरिएको छ । उक्र समयावधिभित्र बाँडफाँट गर्न नसकेमा आवेदकले दरखास्त बापत जम्मा गरेको रकम फुकुवा गर्नु पर्नेछ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.