मंगलवार, असार १६,२०८३ 04:53:20
Bizshala
  • मंगलवार, असार १६,२०८३ 04:53:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्सेमै अड्कियो ‘एसएमइ प्लेटफर्म’, धितोपत्र बोर्डमा पनि परेन एउटै आवेदन

Laxmi Sunrise Bank Limited
नेप्सेमै अड्कियो ‘एसएमइ प्लेटफर्म’, धितोपत्र बोर्डमा पनि परेन एउटै आवेदन

काठमाण्डौ । साना तथा मझौला कम्पनीलाई पूँजीबजारमा प्रवेश गराउने अवधारणा बोकेको एसएमई प्लेटफर्म नेप्सेमै अड्केको छ । स्रोतका अनुसार नेप्सेले यससम्बन्धी सम्पूर्ण काम सकेता पनि नेप्सेका अध्यक्ष शोभाकर पौडेलको अनिच्छाका कारण बोर्डबाट पारित हुन सकेको छैन ।  

पौडेल छिट्टै बढुवा हुन लागेको र उनको ठाँउमा अर्थ मन्त्रालयबाट नयाँ मान्छे आउने भएकाले पौडेलले रुची नराखेको हुन सक्ने नेप्सेस्थित एक उच्च स्रोतले जानकारी दियो । नेप्सेमा सीईओ नभएता पनि यस विषयमा सबै काम अघि बढेको थियो । तर मूल नेतृत्वको अनिच्छाकै कारण यो विषय अघि बढ्न सकेको छैन । उता एसएमई प्लेटफर्म बोर्डबाट पास नभएता पनि धितोपत्र बोर्डमा साना तथा मझौला उद्यमीहरुले प्राथमिक सेयर निष्कासनका लागि आवेदन भने दिन सक्नेछन् । तर हालसम्म धितोपत्र बोर्डमा पनि कुनै पनि कम्पनीहरुले सेयर निष्कासनका लागि आबेदन भने दिएका छेनन् ।  

New Office
CG Motors
Garima Development Bank

एसएमईसम्बन्धी नियमावलीमा २५ करोड रुपैयाँभन्दा कम चुक्तापूँजी भएका कम्पनीहरुले छुट्टै प्लेटफर्ममार्फत सार्वजनिक निष्कासन गर्ने व्यबस्था गरेको छ । यस्ता कम्पनीहरुलाई चुक्तापूँजीको ३० देखि ४९ प्रतिशतसम्म सर्वसाधारणमा आईपीओ जारी गर्न दिइने व्यवस्था गरिएको छ । सर्वसाधारणले यस्ता कम्पनीको आईपीओ भर्दा न्यूनतम ५ सय कित्ताका लागि आवेदन दिनु पर्नेछ । नियमावली अनुसार लगातार ३ वर्षसम्म नाफामा रहेका एसएमई कम्पनीले प्रिमियम मूल्यमा समेत आईपीओ जारी गर्न पाउनेछन् । कम्पनीहरुले प्रारम्भिक सार्वजनिक निष्कासन गर्नु पूर्व प्रारम्भिक सार्वजनिक निष्कासन गरिने धितोपत्रको ५ प्रतिशत सोको निष्कासन तथा बिक्री प्रबन्धसम्बन्धी कार्य गर्ने मर्चेन्ट बैंकरले र १५ प्रतिशत योग्य संस्थागत लगानीकर्ताले खरिद गरेको हुनु पर्नेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

दोस्रो बजारमा पनि ५ सय कित्ताको नै सेयर कारोबार हुने छ । यहि कारण सेयर बजारमा यसको चलखेल नहुने धितोपत्र बोर्डको तर्क रहेको छ । तर केही बजार जानकारहरुले भने अहिले खेलाडीेले लो क्याप कम्पनी उचाले जस्तै गरि साना तथा मझौला कम्पनीको सेयर पनि दोस्रो बजारमा उचालिन सक्ने तर्क पनि गरेका पाइन्छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.