काठमाण्डौ । अमेरिकी डलरको मूल्य आज पनि नयाँ उचाईमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आज(पुस ४ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।
आज एक अमेरिकी डलरको खरिददर १३५.६३ रुपैयाँ र बिक्रीदर १३६.२३ रुपैयाँ कायम भएको छ ।
यो मूल्य हालसम्मकै उच्च हो । यसअघि पुस ३ गते डलरको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३५.५४ बिक्रीदर १३६.१४ रुपैयाँ कायम थियो ।
यस्तै, आज एक यूरोको खरिददर १४२.४२ रुपैयाँ र बिक्रीदर १४३.०५ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७२.४५ रुपैयाँ र बिक्रीदर १७३.२२ रुपैयाँ कायम भएको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५.६३ रुपैयाँ र बिक्रीदर ८६.०१ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.८३ रुपैयाँ र बिक्रीदर ८.८७ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.९३ रुपैयाँ र बिक्रीदर ३७.०९ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.६२ रुपैयाँ र बिक्रीदर १८.७० रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.३४ रुपैयाँ र बिक्रीदर ३०.४८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.२० रुपैयाँ र बिक्रीदर ३७.३७ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.४४ रुपैयाँ र बिक्रीदर ९.४८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४०.९९ रुपैयाँ र बिक्रीदर ४४२.९५ रुपैयाँ कायम भएको छ ।