बुधबार, आश्विन १४,२०८३ 09:41:07
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 09:41:07
Bizshala
Global IME Bank Limited

अमेरिकी सेयर बजार डाउ जोन्समा ५० वर्षपछि पहिलोपटक लगातार १० दिन गिरावट

Bizshala
अमेरिकी सेयर बजार डाउ जोन्समा ५० वर्षपछि पहिलोपटक लगातार १० दिन गिरावट
New Office

काठमाण्डौ । ब्लूचिप कम्पनीहरुको कारोबार हुने अमेरिकी सेयर बजार मापक इन्डेक्स,‘डाउ जोन्स’ लगातार १० दिन घटेको छ ।  

अमेरिकी केन्द्रीय बैंकले बुधबार ब्याजदरमा गरेको कटौती र सन् २०२५ मा दुईपटक मात्रै कटौती हुनेसक्ने जनाएसँगै बुधबार अर्थात १० औं दिन पनि डाउ जोन्समा गिरावट आएको हो । यसअघि भने सन् २०२५ मा ४ पटकसम्म ब्याजदरमा कटौती हुनसक्ने प्रक्षेपण गरिएको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बुधबार डाउ जोन्स इन्डेक्स २.६ प्रतिशत अर्थात १ हजार १२३ अंकले घटेको छ । डाउ जोन्सको यो १० दिनको लगातारको गिरावट सन् १९७४ अक्टोबर २० पछिकै पहिलो हो । सन् १९७४ मा डाउ जोन्स लगातार ११ दिन घटेको थियो ।  

यो दिनको गिरावटमा डाउ इनडेक्स करिब ६ प्रतिशतले घटिसकेको छ । बुधबार गिरावट आउनु अघि अन्य अमेरिकी इनडेक्सहरु भने रेकर्ड विन्दु नजिक पुगेका थिए । बुधबार एस एण्ड पी५०० पनि ३ प्रतिशत र नास्डक कम्पोजिट ३.६ प्रतिशतले ओरालो लागेका छन् ।  

लगानीकर्ताले अपेक्षा गरेअनुरुप नै फेडरल रिजर्भले २५ बेसिक प्वइन्टले ब्याजदर कटौती गरेको छ । तर सन् २०२५ मा दुईपटक मात्रै ब्याजदर कटौती हुने संकेतले गदा लगानीकर्ताको सेन्टिमेन्ट कमजोर बन्दा अमेरिकी सेयर बजारमा गिरावट आएको जनाइएको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.