ट्रम्पको ट्यारिफ कार्यान्वयनसँगै अमेरिकी सेयर बजारमा गिरावट, एशियाली बजार समेत प्रभावित
काठमाण्डौ । अमेरिकी राष्ट्रपतिले आजदेखि क्यानडा, मेक्सिको र चीनमाथि ट्यारिफ लगाउने निर्णय गरेसँगै अमेरिकी तथा एशियाली सेयर बजारमा गिरावट आएको छ । अमेरिकी सेयर बजार मापक इनडेक्स डो जोन्स १.४८ प्रतिशत अर्थात ६५० अंकले घटेको छ । यससँगै डो जोन्स ४३ हजार १९१ विन्दुमा झरेको छ । इन्ट्रा डे कारोबारमा डो लगभग ९०० अंकले घटेको थियो । यस्तै एस एण्ड पी५०० पनि १.७६ प्रतिशत र नास्डक...