बुधबार, आश्विन १४,२०८३ 09:44:03
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 09:44:03
Bizshala
Global IME Bank Limited

ट्रम्पको ट्यारिफ कार्यान्वयनसँगै अमेरिकी सेयर बजारमा गिरावट, एशियाली बजार समेत प्रभावित

Bizshala
ट्रम्पको ट्यारिफ कार्यान्वयनसँगै अमेरिकी सेयर बजारमा गिरावट, एशियाली बजार समेत प्रभावित
New Office

काठमाण्डौ । अमेरिकी राष्ट्रपतिले आजदेखि क्यानडा, मेक्सिको र चीनमाथि ट्यारिफ लगाउने निर्णय गरेसँगै अमेरिकी तथा एशियाली सेयर बजारमा गिरावट आएको छ ।  

अमेरिकी सेयर बजार मापक इनडेक्स डो जोन्स १.४८ प्रतिशत अर्थात ६५० अंकले घटेको छ । यससँगै डो जोन्स ४३ हजार १९१ विन्दुमा झरेको छ । इन्ट्रा डे कारोबारमा डो लगभग ९०० अंकले घटेको थियो ।  

यस्तै एस एण्ड पी५०० पनि १.७६ प्रतिशत र नास्डक कम्पोजिट पनि २.६४ प्रतिशतले घटेका छन् । एस एण्ड पी५०० मा आएको गिरावट यो वर्षकै उच्च हो । ट्रम्पले गत जनवरी २० देखि कार्यभार सम्हालेसँगै नास्डक पनि करिब ६.५ प्रतिशतले घटिसकेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात हुने सामानमा अमेरिकामा २५ प्रतिशत र चीनमाथि थप १० प्रतिशत भन्सार शुल्क लगाउने बताएका छन् । ट्रम्पले यी देशहरूसँग सम्झौता गर्ने समय सकिएको कारण कर लगाइएको बताएका छन् ।

यस्तै आज जापानको सेयर बजार निक्की२२५ इन्डेक्स पनि ज्ञ.८२ प्रतिशत अर्थात ६८८.९६ अंकले घटेको छ । यो गिरावटसागै निक्की ३७ हजार ९६ विन्दुमा खुम्चिएको छ । टोपिक्स इन्डेक्स पनि १.४८ प्रतिशतले झरेको छ । जनवरीमा जापानको रोजगारीदर २.५ प्रतिशत पुगेको छ । जुन रोयटर्सले प्रक्षेपण गरेको २.४ प्रतिशतभन्दा बढी हो ।  

यस्तै आज दक्षिण कोरियाको कोस्पी इन्डेक्स भने ०.११ प्रतिशतले बढेको छ । कोस्पीले आज गिरावटका साथ कारोबारको थालनी गरेको थियो । जनवरीमा दक्षिण कोरियाको खुद्रा बिक्री ०.६ प्रतिशतले घटेको तथ्यांक सार्वजनिक भएको छ ।  

यस्तै हङकङको हाङसेङ इन्डेक्स पनि ०.६२ प्रतिशत अर्थात १४७ अंकले घट्दै २२ हजार ८४७ विन्दुमा कारोबार गरिरहेको छ । चीनको सीएसआई३०० इन्डेक्स पनि ०.३३ प्रतिशतले घटेको छ ।  

अष्ट्रेलियाको एस एण्ड पी/एएसएक्स२०० इन्डेक्स पनि १.०७ प्रतिशतले ओरालो लागेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.