शनिबार, श्रावण १६,२०८३ 07:19:21
Bizshala
  • शनिबार, श्रावण १६,२०८३ 07:19:21
Bizshala
Global IME Bank Limited

अमेरिकी टेक कम्पनीहरुको बजार पूँजीकरण एकैदिन ७५० अर्ब डलरले घट्यो, सबैभन्दा धेरै गुमाउनेमा एप्पल

अमेरिकी टेक कम्पनीहरुको बजार पूँजीकरण एकैदिन ७५० अर्ब डलरले घट्यो, सबैभन्दा धेरै गुमाउनेमा एप्पल
New Office

काठमाण्डौ । अमेरिकी सेयर बजारमा आएको गिरावटका कारण अमेरिकी टेक कम्पनीरुहको बजार पूँजीकरण व्यापक घटेको छ । एप्पल, माइक्रोसफ्ट, टेस्ला,एनभिडिया,अल्फाबेट,अमेजन र मेटाको बजार पूँजीकरण ७५० अर्ब डलरभन्दा बढीले घटेको छ ।  

यी ७ वटा कम्पनीमध्ये एप्पलको बजार पूँजीकरण सबैभन्दा धेरै घटेको छ । एप्पलको बजार पूँजीकरण १७४ अर्ब डलरले घटेको छ । यस्तै एनभिडियाको बजार पूँजीकरण १भ्४० अर्ब डलरले घटेको छ ।  

माइक्रोसफ्टको बजार पूँजीकरण ९८ अर्ब डलर, गूगलको माउ कम्पनी अल्फाबेटको ९५ अर्ब डलर,अमेजनको ५० अब र, मेटाको ७० अर्ब डलरले घटेको छ ।  

यी ७ कम्पनीहरुलाई अमेरिकाको ‘म्यानिफिसेन्ट सेभेन’भन्ने गरिन्छ । यी कम्पनीहरु बजार दबदबा, प्राविधिक प्रभाव र ग्राहकहरुको व्यवहार तथा आर्थिक ट्रेण्डलाई निर्धारण गर्ने कम्पनीको रुपमा परिचित छन् ।  

सोमबार अमेरिकी सेयर बजारमा आएको गिरावटका कारण यी कम्पनीहरुले ठूलो क्षति व्यहोर्नु परेको हो । नास्डक इन्डेक्स सन् २०२२ पछिकै उच्च घटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना व्यवसायिक साझेदार देशहरुमाथि ट्यारिफ लगाउने घोषणा गरेसँगै लगानीकता आत्तिदा अमेरिकी सेयर बजारमा गिरावट आएको छ ।  

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.