• बिहीबार, भाद्र २६,२०८२ 04:41:34
Global IME Bank Limited

अमेरिकी सेयर बजार नयाँ उचाईमा, एसएण्डपीमा यो वर्षकै उच्च मासिक वृद्धि

Hyundai Nepal
अमेरिकी सेयर बजार नयाँ उचाईमा, एसएण्डपीमा यो वर्षकै उच्च मासिक वृद्धि

काठमाण्डौ । अमेरिकी सेयर बजार नयाँ उचाईमा पुगेको छ । अमेरिकाको डाउ जोन्स इन्डष्ट्रियल एभरेज र एस एण्ड पी ५०० पछिल्लो कारोबारमा नयाँ उचाईमा पुगेको हुन् ।  

एस एण्ड पी५०० पछिल्लो कारोबारमा ०.५६ प्रतिशतले बढेर ६ हजार ३२.३८ विन्दुमा पुगेको छ । यस्तै नास्डक कम्पोजिट पनि ०.८३ प्रतिशत अर्थात १९ हजार २१८.१७ विन्दुमा पुगेको छ । डाउ जोन्स पनि ०.४२ प्रतिशत अर्थात १८८.५९ अंकको वृद्धिका साथ ४४ हजार ९१०.६५ विन्दुको उचाईमा पुगेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बाइडेन प्रशासनले चिनियाँ चिप निर्माता कम्पनीहरुमाथि थप प्रतिबन्ध लगाउने घोषणा गरेसँगै चिप निर्माता कम्पनीहरुको सेयरमूल्य बढेका छन् । ल्याम रिसर्चको सेयरमूल्य ३ प्रतिशत र एनभिडियाको सेयरमूल्य २ प्रतिशतले वृद्धि भएको छ ।  

यस्तै आईसेयरर्स सेमिकन्डक्टरको सेयरमूल्य पनि १.३६ प्रतिशतले बढेको छ ।  

विगत एक सातामा डाउ जोन्स १.४ प्रतिशतले बढेको छ । नोभरेम्बर महिनामा भने यो परिसूचकमा ७.५ प्रतिशतको वृद्धि देखिएको छ । एसएण्डपी५०० र नास्डक कम्पोजिट पनि समान १.१ प्रतिशतले बढेका छन् । डाउ जोन्स र एसएण्डपी५०० को यो वृद्धि सन् २०२४ कै सबैभन्दा उत्कृष्ट मासिक वृद्धि हो ।  

यस्तै एस एण्ड पी५०० यो वर्ष २६ प्रतिशतले बढिसकेको छ । यससँगै एस एण्ड पी५०० सन् २०२१ पछिकै उच्च वार्षिक वृद्धितर्फ उन्मुख भएको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.