बुधबार, कार्तिक ४,२०८३ 11:37:48
  • बुधबार, कार्तिक ४,२०८३ 11:37:48
Global IME Bank Limited

अमेरिकी केन्द्रीय बैंकको ब्याजदरको निर्णयका कारण एशियाली र युरोपेली सेयर बजारमा गिरावट

Bizshala
अमेरिकी केन्द्रीय बैंकको ब्याजदरको निर्णयका कारण एशियाली र युरोपेली सेयर बजारमा गिरावट
New Office

काठमाण्डौ । अमेरिकी केन्द्रीय बैंकले गरेको ब्याजदरसम्बन्धी निर्णयपश्चात आज एशियाली र युरोपेली बजारमा गिरावट आएको छ । बुधबार अमेरिकाको केन्द्रीय बैंक,फेडरल रिजर्भले २५ बेसिक प्वइन्टले ब्याजदर घटाउने र आगामी वर्ष कम कटौती गर्ने संकेत गरेको थियो ।  

जसपश्चात आज जापानको सेयर बजार मापक इन्डेक्स निक्की२२५ ०.६९ प्रतिशत अर्थात २६८ अंकले घटेको छ । यो गिरावटसँगै निक्की ३८ हजार ८१३ विन्दुमा सीमित बनेको छ । जापानको केन्द्रीय बैंकले  ब्याजदर स्थिर राखेसँगै जापानी येन डलरको तुलनामा ०.७४ प्रतिशतले घटेको छ । यससँगै एक अमेरिकी डलरबराबर १५५.९४ येन कायम भएको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यस्तै जापानको अर्को सेयर बजार मापक इन्डेक्स टोपिक्स पनि ०.२२ प्रतिशतले घट्दै २ हजार ७१३ विन्दुमा झरेको छ ।  भारतको सेयर बजार सेन्सेक्स १.१९ प्रतिशत र निफ्टी५० पनि १.०१ प्रतिशतले घटेका छन् । 

यस्तै दक्षिण कोरियाको कोस्पी इन्डेक्स पनि १.९५ प्रतिशतले घटेर २ हजार ४३५ विन्दु र कोस्डाक पनि १.८९ प्रतिशतले घटेर ६८४ विन्दुमा सीमित बनेको छ । कोरियाली वन पनि सन् २००९ र्मा पछिकै कमजोर बनेको छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

आज अष्ट्रेृलियाको एस एण्ड पी÷एएसएक्स२०० पनि १.७ प्रतिशतले ओरालो लाग्दै ८ हजार १६८ विन्दुमा सीमित बनेको छ । हङकङको हाङसेङ इन्डेक्स पनि ०.३६ प्रतिशतले ओरालो लागेको छ ।  

आज युरोपियन स्टकएक्स६०० पनि १.२६ प्रतिशतले घटेको छ । जर्मनीको डिएएक्स,फ्रान्सको सीएसी४० र बेलायको फुट्सी१०० पनि १ प्रतिशतभन्दा बढीले घटेका छन् ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.