मंगलवार, श्रावण १९,२०८३ 09:37:59
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 09:37:59
Bizshala
Global IME Bank Limited

‘अक्सन मार्केट’को कार्यविधि ४ वर्षदेखि अलपत्र, भुलबश बेचेको सेयरमा करोडौ जरिवाना तिर्दै लगानीकर्ता

‘अक्सन मार्केट’को  कार्यविधि ४ वर्षदेखि अलपत्र, भुलबश बेचेको सेयरमा करोडौ जरिवाना तिर्दै लगानीकर्ता
New Office

काठमाण्डौ । नेपालमा अक्सन मार्केटको व्यबस्था नहुँदा लगानीकर्ताहरुले हरेक वर्ष भुलबश करोडौ रुपैयाँ  ‘क्लोजआउट’ वापत जरिवाना तिर्दै आएका छन् । अहिले धितोपत्र ऐनअनुसार कसैले सेयर बेचेर समयमा इडीआईएस नगरेको खण्डमा वा भुलबश आफूसँग भएको भन्दा बढी सेयर बेचेको खण्डमा कारोबार गरेको रकमको २० प्रतिशत जरिवाना तिर्नुपर्ने हुन्छ । अर्थात १ लाख रुपैयाँको सेयर बेच्दा २० हजार रुपैयाँ हर्जना तिर्नु पर्छ ।  

तर विकसित बजारहरुमा भने यस्तो व्यबस्था छैन । यसरी भुलबस आफूसँग भएको भन्दा बढी सेयर बेचेको खण्डमा अक्सन बजारबाट खरिद गरेरे सेयर हस्तान्तरण गर्न सकिन्छ । अक्सन मार्केट भनेको नै कारोबारलाई सहज गर्ने प्रणाली हो । नेपालमा हालसम्म अक्सन मार्केटको सुविधा नहुँदा लगानीकर्ताहरुले भुलबश बेचेको सेयरको पनि करोडौ जरिवाना तिर्दै आएको लगानीकर्ता सुरज वैद्यले बताए । उनले यो कार्यविधि नेप्सेबाट ४ वर्ष पहिले नै धितोपत्र बोर्ड गएको तर अहिलेसम्म यसमा प्रगति हुन नसक्नु दुखद भएको बताए ।  

सीडीएसीको पछिल्लो तथ्याङ्कअनुसार आथिर्क वर्ष २०८१/८२ को ५ महिनामा लगानीकर्ताहरुले करिब ७ करोड क्लोजआउटबापतको जरिवाना तिरेका छन् ।  

लगानीकर्ताहरुले गत आव २०८०/८१ मा ६ करोड ६५ लाख २७ हजार रुपैयाँबराबरको जरिवाना तिरेका थिए ।  

आर्थिक वर्ष २०७९/८० मा लगानीकर्ताले २० प्रतिशत जरिवाना स्वरुप ४ करोड १७ हजार रुपैयाँ तिरेका थिए । यो रकमको २५ प्रतिशत आकस्मिक जरिवाना कोषमा जाने गर्छ भने बाँकी सेयर किन्ने लगानीकर्तालाई ब्रोकरहरुे दिने गर्छन ।  

सीडीएसीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा क्लोजआउटबापत लगानीकर्ताहरुले १५ करोड ३४ लाख रुपैयाँ तिरेका थिए । यस्तै आर्थिक वर्ष २०७८/७९ मा भने क्लोजआउटबापत ९ करोड ७८ लाख ९४ हजार रुपैयाँबराबरको रकम लगानीकर्ताले जरिवाना तिरेका थिए ।  

आर्थिक वर्ष २०७९/८० मा भने लगानीकर्ताले तिर्ने क्लोजआउट बापत जरिवाना आधाभन्दा बढीले घटेको सीडीएससीको तथ्याङ्कले देखाउँछ ।  

विभिन्न कारणले बिक्री गरेको सेयर समयमै हस्तान्तरण नहुँदा प्रायः लगानीकर्ता क्लोजआउट पर्ने गर्छन् । सेयर बेचेको २४ घन्टाभित्र अनिवार्य रुपमा ‘मेरो सेयर’मा गएर ईडीआईएस गर्नुपर्छ । तर, धेरै नयाँ लगानीकर्तालाई अहिले पनि सेयर बेचेपछि आफ्नो काम सकिएको र ‘मेरो सेयर’मा गएर अनिवार्य रुपमा ईडीआईएस गर्नुपर्छ भन्ने थाहा नभएको पाइन्छ ।  

यहि लुपहोलको फाइदा बजारमा खासगरि केही टाठाबाठा लगानीकर्ताले उठाई रहेका छन् । यसै विषयमा बुझ्दा धितोपत्र बोर्डकी सूचना अधिकारी दीपा दाहालले हालसम्म यो विषयमा कुनै प्रक्रिया अघि नबढेको प्रतिक्रिया दिइन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.