काठमाण्डौ । अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीको पुस ४गते बसेको सञ्चालक समितिको बैठकले १३ औं वार्षिक साधारण सभा डाकेको हो ।
उक्त सभा काठमाण्डौको अनामनगरमा रहेको युनियन हाउस पार्टी प्यालेसमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा मातृभूमि हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमा गरिएको लगानी अनुमोदन गर्ने र रिक्त रहेको सञ्चालक पदमा गरिएको नियुक्ती अनुमोदन गरिनेछ ।
यस्तै सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने गत आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण र सोसँग सम्बन्धीत अनुसूचिहरु लगायतका वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आव २०८१/८२ को लेखा परीक्षणका लागि लेखा परीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।