आम्दानीसँगै बढ्यो अपर हेवाखोला हाईड्रोको नाफा, रिटेन्ड अर्निङमा पनि उल्लेख्य वृद्धि
काठमाण्डौ । अपर हेवाखोला हाईड्रोपावर कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म नाफा बढाएको छ । कम्पनीले दोस्रो त्रैमाससम्म ७ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३३.३७ प्रतिशतले बढी हो ।कम्पनीले यो अवधिमा १५ करोड १४ लाख रुपैयाँबराबरको आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ६.७२ प्रतिशतले बढी हो ।

